५. समितिको बैठक सम्बन्धी कार्यविधिः
(१) समितिको बैठक कम्तीमा दुई महिनामा एक पटक बस्नेछ ।
(२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ । समितिको बैठक बस्ने सूचना र बैठकको एजेण्डा बैठक बस्नुभन्दा कम्तीमा तीन दिन अगावै सचिवले सदस्यहरूलाई दिनु पर्नेछ ।
(३) समितिको कूल सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा समितिको बैठक सञ्चालनका लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(४) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा सदस्यहरूले आफूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(५) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(६) समितिले आवश्यकता अनुसार नेपाल सरकारको कुनै अधिकृत वा कुनै स्वदेशी विशेषज्ञलाई समितिको बैठकमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(७) समितिको निर्णय सचिवले प्रमाणित गर्नेछ ।
(८) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ ।